
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा ९ र अन्तर्राष्ट्रिय उडानमा ९ सहित १५ वटा जहाज थपेर पंखा फिजाउने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।
वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूले नेतृत्व सम्हालेपछि तयार पारेको यस्ता योजनामा सिड्नीमा सिधा उडान गर्ने, अन्तरिकमा ९ वटा जहाज थपेर सहरी क्षेत्रका विमानस्थलमा निजीक्षेत्रसँग प्रतिस्पर्धा गर्नेदेखि न्यारोबडी र वाइडबडी गरी ६ वटा जहाज किन्नेसम्मको योजना अगाडि सारेका छन् ।
अधिकारीले अगाडि सारेको यस्तो योजनामा निगमले अष्ट्रेलियाको सिड्नीमा नियमित उडान गर्ने अन्तिम तयारी गरिहेको छ ।
निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको शाख जोगाउन २ वटा न्यारोबडी भाडामा लिने, ३ वटा सहरी क्षेत्रका विमानस्थलमा उडान गर्ने आन्तरिक उडानका जहाज भाडामा लिनेसहितको प्रकृया अगाडि बढाएको उल्लेख छ ।
निगमले जहाज थप गरेर सेवा विस्तारको सुरुवातका लागि पहिलो चरणमा ३ वटा छोटो दूरीको उडान तथा अवतरण (स्टल) विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । यसको लागि जहाज खरिद गर्न आशयपत्रको मूल्यांकन गर्ने काम भइरहेको पनि उल्लेख छ ।
निगमले आन्तरिक तथा वाह्य उडानमा सेवा विस्तारकै लागि सहुलियतपूर्ण ऋण लिने योजना अगाडि सारेको छ । १ खर्ब ३५ अर्ब रुपैयाँको लागि निगमले विभन्नि बैंक तथा वित्तीय संस्थाहरुबाट प्रस्ताव पेश गर्न आव्हान पनि गरेको छ ।
निगमले सिनामंगलमा व्यवसायीक भवनसहितको कर्पोरेट कार्यालय बनाउने, आफ्नै क्याटरिङ चलाउने आफ्नै ह्यांगर बनाउने, चिनियाँ र बोइङसहितका पुराना जहाजको व्यावस्थापन गर्नेसहितको योजना अगाडि सारेको छ ।
निगमले आइबेरियामा रहेको बोइङ जहाजको इन्जिन उचित मूल्यांकन गरेर विक्री गर्ने, विमानस्थलमा थन्किएर बसेको एउटा बोइङ जहाज बिक्री गर्ने, सेल्फ फ्लाईट किनेच सञ्चालन गर्नेसम्मको योजना युवराज अधिकारी नेतृत्वको निगमले नै अगाडि बढाउने गरी महत्वकांक्षी योजना सार्वजनिक गरेको छ ।
वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले नियमति रुपमा गर्दै आएको, अगाडि बढेको र दीर्घकालिन महत्वसहितका कामलाई नै सार्वजनिक गरेको बताए । उनका अनुसार निगमले कामै नगरी बसिरहेको भन्ने जस्ता नकारात्मक सन्देश जाने गरी हल्ला गर्ने गरिएकोले पनि सकारात्मक काम भइरहको जानकारी दिनुपरेको पनि उल्लेख छ ।
यस्ता छन् निगमका महत्वपूर्ण योजनाहरु
SHARE YOUR THOUGHTS