
काठमाडौं । आज मंगलबार विश्वकर्मा पूजा । हिन्दु तथा वैदिक परम्परा अनुसार बिहानैदेखि विभिन्न स्थानमा भगवान विश्वकर्माको पूजा गरिएको छ । काठमाडौंको भद्रकाली लगायतका स्थानहरुमा पूजा गर्न श्रद्धालुहरुको बाक्लो भीड लागेको छ ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्माको मूर्ति वा तस्बिरमा हिन्दु विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । यस दिन विश्वकर्माको पूजा गरेर मूर्तिलाई भोलिपल्ट नदीमा सेलाउने गरिन्छ ।
मंगलबार बिहानैदेखि काठमाडौं लगायत विभिन्न स्थानका मन्दिरहरुमा विश्वकर्माको पूजा गरिएको छ । यससँगै मानिसहरुले घरघरमा पनि पूजा गरिएको छ ।
विशेषगरी कलकारखाना तथा फलामका सामग्री तथा उपकरणहरुलाई विशेष रूपमा सजाएर मजदुरहरुलाई समेत सहभागी गराएर यो दिवस मनाउने गरिन्छ । श्रद्धालुहरुले यस दिनमा सवारीसाधनको पनि पूजा गर्छन् ।