
एजेन्सी । चिनियाँ अटो कम्पनी बीवाईडीले पछिल्लो समय गरिरहेको तीब्र व्यापार हेर्दा यसले चीनमा छुट्टै प्रभाव र दबाब सिर्जना गरिरहेको देखिएको छ । पछिल्लो अगस्ट महिनाको मात्रै व्यापार हेर्दा बीवाईडीले एकछत्र प्रभाव पारेको छ ।
चिनियाँ ईचीले हालै सबैभन्दा धेरै बिक्री हुने घरेलु कारहरुको सूची तयार पारेको छ । जसमा बीवाईडी नै अगाडि छ । यसले के देखाउँछ भने बीवाईडीले बाँकी विश्वमा मात्रै नभएर घरेलु बजारमा पनि जबर्जस्त प्रभाव जमाइरहेको छ ।
सूचीमा के पनि देखिन्छ भने सबैभन्दा धेरै विक्री हुने घरेलु कारको पहिलोदेखि छैटौं स्थानसम्म लगातार बीवाईडी नै रहेको छ । यसैगरी सबैभन्दा धेरै बिक्री हुने २० वटा घरेलु ब्रान्डको सूचीमा १२ वटा ब्रान्ड बीवाईडीकै छन् ।
इचीको सूचीअनुसार सबैभन्दा धेरै बिक्री हुने ब्रान्डमा बीवाईडीको सिगल रहेको छ । यस्तै धेरै बिक्री हुने ब्रान्डको दोस्रो स्थानमा बीवाईडीकै क्विन प्लस रहेको छ ।
यस्तै बीवाईडीको सङ प्लस, क्विन एल, सिल ०६ र युआन प्लस एटो ३ क्रमश: छैटौं स्थानसम्म छन् । यो तथ्यांकले पनि बीवाईडीको एकछत्र प्रभाव रहेको देखिन्छ ।
यसवाहेक सबैभन्दा धेरै विक्री हुने सूचीको १०औं स्थानमा रहेको छ बीवाईडीकै डेस्ट्रोयर ०५ र ११औं स्थानमा पनि बीवाईडीकै युआन अप रहेको छ ।

यस्तै १२औं स्थानमा पनि बीवाईडीको सङ प्रो परेको छ । यसैगरी १५औं स्थान र १६ औं स्थानमा पनि बीवाईडीका ब्रान्ड क्रमश: डल्फिन र सङ एल डीएम आई रहेका छन् । यसैगरी धेरै बिक्री हुने सूचीको १८औं स्थानमा बीवाईडीको हान ब्रान्ड परेको छ ।
धेरै बिक्री हुने अरु घरेलु ब्रान्डमा भने वुलिङ हङग्गुआङ मिनी ईभी सातौं स्थानमा रहेको छ । यस्तै ८औं स्थानमा ली एल६ रहेको छ । ९औं स्थानमा भने बुलिङ बिङ्गो परेको छ । चेरी टिगो ८ ब्रान्ड भने धेरै बिक्री हुने घरेलु ब्रान्डको २०औं स्थानमा परेको छ ।
धेरै बिक्री हुने ४० वटा गाडीको सूचीको २५औं स्थानमा पनि बीवाईडीकै टाङ मोडेल परेको छ । बीवाईडी नेपालमा पनि पछिल्लो समय धेरै रुचाइएको गाडी हो । साइमेक्स इंकले नेपालमा बीवाईडीका गाडी बिक्री गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS