३० मंसिर २०८२, सोमबार

नेप्से पुगेर अर्थमन्त्रीले सोधे: ३०४० को विन्दुमा पुगेको नेप्से किन २५०० सयमा झर्‍यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेन्जको अवलोकन भ्रमण गरेका छन् ।

नेप्से परिसूचक पछिल्लो समय ओरालो लागेपछि अर्थमन्त्री पौडेल यसको कारण खोज्न नेप्से पुगेका हुन् । अर्थमन्त्री पौडेलले ३० अर्ब पुगेको कारोबार किन ६ अर्बमा आयो ? भन्दै प्रश्न गरे । बजार किन २५ सयमा आएको भन्ने उनको जिज्ञासा थियो ।

‘३० अर्ब बराबर कारोबार भएको सेयर बजार हाल घटेर ५ देखि ६ अर्बमा किन सीमित भयो,’ अर्थमन्त्रीले भने, ‘३०४० को विन्दुमा पुगिसकेको नेप्से पछिल्लो समय लगातार ओरालो लागेर २५०० सयमा किन झर्‍यो ।’पौडेलले बजारको दिगो विकासको लागि सबै पक्षले काम गर्नुपर्नेमा जोड दिए।

नेप्सेको टीएमएस प्रणालीमा समस्या आउनुको कारणबारे पनि उनले प्रश्न राखेका छन् ।

नेप्सेका प्रबन्धक निरञ्जन फ्युयालले अर्थमन्त्रीसामू सेयर बजार सुधारका विषयमा प्रस्तुति दिएका थिए । बजार बढ्दा सरकारले जश लिएपनि घट्दा बेवास्ता गरेको भन्दै लगानीकर्ताले आलोचना गरिरहँदा अर्थमन्त्री नेप्से पुगेका हुन् ।