‘हु लेट द डग आउट…’ « Eglish Khabarhub

‘हु लेट द डग आउट…’



अहिले अमेरिकामा राष्ट्रपति चुनावको गर्मागर्मी छ । यस दौडमा प्रमुख रुपमा डेमोक्रेटिक दलबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन दलबाट पुन: अनुमोदित पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच चर्को प्रतिष्पर्धा हुँदै छ। रुपकमा भन्ने हो भने यो चुनाव सिद्धान्त र झुट, फरेब, पाखण्डको बीच हुँदै छ। पहिलोको प्रतिनिधित्व उपराष्ट्रपति कमला ह्यारिसले र दोस्रोको प्रतिनिधित्व पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गर्दै छन्। कुनै न कुनै झूटको हल्ला पिटेर चुनावी माहौल आफ्नोपट्टी फर्काउने डोनाल्ड ट्रम्पको सर्वविदित फरेबी बानी नै हो। यसअघिका ट्रम्पका जित, हारका चुनावमा पनि कर कटौती, सीमा नियन्त्रण, अप्रवासन विरोधी नारा र घोर दक्षिणपन्थी पोषण कुराहरू नै थिए । यस पटक पनि ट्रम्पका चुनावी हत्कण्डा र शैलीमा यी बाहेकको कुनै कुरामा फेरबदल भएको छैन। झूट ट्रम्पको प्रमुख क्षेप्यास्त्र र संस्कार नै हो ।

हालै ट्रम्पले ओहायो, स्प्रिंगफिल्डमा बसाइएका हेटीका आप्रवासीहरूले घर पालुवा कुकुर, बिराला काटेर खाए भन्ने एउटा माहा झूट फैलाउने कोसिस गरिरहेछ। फेसबुकमा ट्रम्पप्रेमी कुनै सन्कीले फैलाएको यो हल्ला ट्रम्प आफ्नो चुनावी हतियारको रुपमा प्रयोग गर्दै छन् । ट्रम्पको हरेक चुनावी सभामा यो झूटको प्रयोग भैरहेको छ। यस शन्दर्भमा सन १९९८ तिरको वाह मेनको बहुचर्चित गानाको बोल “हु लेट द डग आउट, हु …हु… हु…” एकाएक मेरो मानसपटलमा गुन्जिन थाल्यो।

वाह मेनको यो गीत एक नारीवादी गाना हो। यसमा हेपाहा पुरु‌ष‌हरुलाई कुकुरको प्रतीकको रुपमा चित्रण गर्न खोजिएको छ। जब ट्रम्पले आफ्ना चुनावी शभाका भाषणहरू मा त्यसरी एकाएक हेटीका आप्रवासीहररूले छिमेकका घरपालुवा कुकुर र बिराला मारेर खान्छन् भन्ने गरेको सुनिन थाल्यो अनि मलाई वाह मेनको यो बोल “हु लेट द डग आउट, हु …हु… हु…” स्मरण भैरहन थाल्यो । यस चुनावी माहौलमा अहिले मलाई पनि ट्रम्पलाई लक्ष गरेर भन्न मनलागिरहेछ ‘हु लेट द डग आउट।’

मैले अर्थराजनितिको विद्यार्थीका नाताले ट्रम्पलाई सुन्न थालेको हालै मात्र होइन। ट्रम्पका कर्पोरेट लक्षित कर कटौति र कोभिड वैश्विक माहामारीको बेला जनसाधारणलाई ( जसमा सबै आप्रवासीहरू पनि पर्छन् ) केही समय पटक पटक बाँढेको चार अंके चेकको चर्चा जति छ, त्यत्तिनै मात्राको भार अर्थतन्त्रमा रहेको कुरा अमेरिकी अर्थ विज्ञहरूले भनिनै रहेका छन् । त्यसबेला नेपालमा जसरी अम्बाको पात र बेसार कटाक्ष व्यापकरुपमा लोकप्रिय भएको थियो त्यस्तै ट्रम्पको भुइँ सफाइको लागि प्रयोग हुने जिवाणु हाइड्रोक्सिक्लोरोक्वाइनको इंजेक्शन कोभिड नियन्त्रणको लागि प्रयोग गर्न सकिने हास्यास्पद कुरो माहामारीको समयमा निकै आलोचित भएको थियो ।

तर यस लेखको मुख्य उद्देश्य ट्रम्प त्यो हास्यास्पद माहातम्य लेख्नु कदापि होइन । अर्थतन्त्र, बजार र कमोडिटी इतरको पूर्वकथन गर्ने प्रयासमात्र हो यो प्रसंग उल्लेख गरेको । यो कुनै अनुमान नभएर हालैको एक टेलिभिजन वहस‌को आधारमा गर्न खोजिएको आँकलन मात्र हो। जसको प्रतक्ष असर वैश्विक बजारमा पर्नेछ। यस अर्थमा पनि यसैको विद्यार्थीको नाताले यस विष‌यमा चासो राख्नु वान्छनीय नै देखेको छु ।

मतदानको समय आउन अब करिब ४५ दिनमात्र बाँकी छ। कमला ह्यारीसले टेलिभिजन बहसमा प्रदर्शन गरेको आफ्नो संयमित तार्किक र उदार अभिव्यक्तिपछि उनको चुनावीतौल केही भारी देखिन्छ। यसैबीच दोस्रो पटक ट्रम्प‌को हत्या प्रयास भएको छ। जुन अत्यन्त निन्दनीय छ । यस घटनालाई नेपाली व्यवहारमा भन्नु पर्दा कतै साहानुभू तिको मतले थिच्ने त होइन भन्ने संसय नभएको होइन । तर यहाँका छापाहरू‌ले यस अर्थको विश्लेषण नगरेको देख्दा लाग्छ यो विषयले चुनावी नतिजालाई केही फरक पार्दैन । यद्यपि, सर्वेक्षणह‌रूले यो पनि देखाउँछ कि अधिकांश मतदाताहरूले चुनावमा कुन तरीकाले मतदात गर्ने भनेर पहिने नै निर्णय गरिसकेका छन् ।

तर विगतको चुनावी नतिजाको आधारमा यहाँ केही त्यस्ता राज्य र काउन्टीहरू छन् जसको नतिजा केही अप्रत्याशित हुन सक्छ। यस आधारमा भन्ने हो भने कमला ह्यारिसको जित अझै सुनिश्चत रुपमा आँकलन गर्न सकिने स्थिति छैन । तथापि अमेरीकाको पहिलो महिला राष्ट्रपति , पहिलो अमेरीकी गैरश्वेत राष्ट्रपति , पहिलो दाक्षिण एसियाली अमेरीकी राष्ट्रपति भएको हेर्ने जिज्ञाशा चुनावी नतिजा पर्खिरहेका संसारका हामी सबलाई पक्कै छ । यस अर्थमा भन्नु पर्छ अमेरिकी राजनीतिमा नयाँ इतिहास रचिएको हेर्न उत्सुक अमेरिकी नागरिकमात्र हैन विश्वका अन्य सम्पूर्ण नगरिकहरू पनि अत्यन्त उत्सुक छन्। तर यो पर्खाई र उत्सुकताको नतिजा विपरित पनि हुन सक्छ। किनभने कमला ह्यारिशको जित नै हुन्छ भनेर अनुमान लगाउन अझैं कठिन देखिन्छ।

प्रतिष्ठित राष्ट्रिय सर्वेक्षणअनुसार उपराष्ट्रपति कमला ह्यारिश धेरै कम अंकले मात्र अगाडि छिन् । यहाँका ७ राज्यहरू अरिजोना,जर्जिया,मिचिकन, ने‌भाडा, नर्थ क्यारोलोना, पेन्सल्भेनिया, विस्कन्सिन जहाँ मत अन्तर निकै कम छ। यी सात राज्यहरूले भविष्यको निर्धारण गर्नेछन् | कमलाको पहिलो टेलिभिजन वहसमा विजयी भएको एक हप्तापछि मतान्तरको अन्तर खासै राम्रो सरेको देखिन्न, उनी केवल तिन अंकले मात्र अगाडि छिन्। ती सात स्विंग राज्यहरूमा मतदान गर्ने शैली वा भनौं तरिकामा परिवर्तन हुने संकेत धेरै कम देखिन्छ। यस अर्थमा ट्रम्पको पक्षबाट कमलाको पक्षमा मत तानिने स्थितिको सम्भावना निकै कम छ ।

अहिलेसम्म उपराष्ट्रपती कम‌ला ह्यारिश न्यून अंकले भएपनि अगाडि नै छिन । अन्त्यमा भन्नु पर्दा ह्यारिश- ट्रम्प बीचको पहिलो वहस पछि कमलाको पक्षमा ती राज्यहरू लगायतका अन्य राज्यह‌रूमा मत परिवर्तन हुने आँकलनलाई नकार्न बिलकुल सकिन्न। यस अर्थमा भन्न सकिन्छ ह्यारिश जितको संघारमा छिन्। ट्रम्पले मच्चाउन खोजेको कुकुर बिरालाको काटमारको, खानपिनको अमानवीय झूटको पर्दाफास भैसकेको छ। तथापि हेर्न बाँकी छ, ‘हु लेट द डग आउट’

Publish on: