![](https://internal.appharu.com/wp-content/uploads/2024/07/share_Market_bull-stock-768x404.jpg)
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजारमा दोहोरो अंकको सुधार आउँदा बजारले २५ सयको बिन्दु पार गरेको छ ।
बजार मापन गर्ने सूचक ४९.१८ अंकले बढेर परिसूचक २५१९.५७ बिन्दु कायम भएको छ । यो दिन ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा हरियाली आएको छ । कारोबारमा ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सक्रिट लागेको छ । कारोबारमा २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/09/image-36-698x768.png)
SHARE YOUR THOUGHTS