मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्दाकिनी हाईड्रोपावरको लाभांश घोषणा


काठमाडौं । मन्दाकिनी हाईड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।

असोज ९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीले बोनस ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।