
विराटनगर । प्रमुख चाड पर्व नजिकिएसँगै विराटनगरको जोगवनी नाकावाट खुलेआम तस्करी बढेको छ । यसैक्रममा बिल बिजक भन्दावढी सामान बोकेर न्यून मूल्याङकन गराएर भन्सारवाट छुटेका दुईवटा ट्रकलाई मोरङ प्रहरीले बुधवार नियन्त्रणमा लिएर अनुसन्धानकालागि राजश्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको छ ।
ती दुई ट्रकमा बिल बिजकभन्दा एक करोड ३५ लाख मूल्यका बढी सामान वरामद भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए । विराटनगर भन्सारवाट चेकजाँच गरेर छुटेर बजारतर्फ आउँदै गरेका प्र १–०२–००२ ख ०४१६ र ना ४ ख ८८४७ नम्बरको ट्रक र तिनका चालकद्धय विराटनगर १९ का ललित सरदार र कानेपोखरीका दुखनलाल चौधरीसहित प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानकालागि राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको हो ।
प्रहरी प्रवक्ता वस्नेतका अनुसार प्रहरीले नियन्त्रणमा लिएका ती दुई ट्रकमा घरायशी तथा भान्सामा प्रयोग हुने सामान सहित कृषि प्रयोजनमा प्रयोग हुने १ करोड ३५ लाख मूल्यका सामान वरामद भएको छ । ती सामानको आयातकर्ता भने प्रहरीले खुलाएको छैन ।
SHARE YOUR THOUGHTS