
काठमाडौं । परराष्ट्रमन्त्री आरजू राणा देउवा अध्यक्ष रहेको युलेन्स फाउन्डेशनद्वारा सञ्चालित युलेन्स स्कुलको आम्दानी नबढे पनि ऋण भने बढेको छ । पछिल्लो एक वर्षमा कम्पनीको आम्दानी जम्मा २० लाख रुपैयाँले बढ्दा ऋण भने १७ करोड ९० लाख रुपैयाँले बढेको छ ।
नेपालमा शिक्षा र शिक्षालाई गैरनाफामूलक उद्यमको रूपमा प्रवर्द्धन गर्ने उदेश्यका साथ सन् २००६ मा स्थापति युलेन्स स्कुलको अध्यक्षमा सोमप्रसाद पनेरु छन् । तर यो स्कुल निकै महंगो छ । यो स्कुलमा पढ्न प्रतिविद्यार्थी मासिक औषतमा ५२ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।
युलेन्सले गत आर्थिक वर्ष २०७९/८० मा ७५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको गरेको छ । जबकी यो अघिल्लो आर्थिक वर्षको भन्दा २० लाख रुपैयाँले मात्रै बढी हो । युलेन्सले २०७८/८९ मा ७५ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा भने यो स्कुलको आम्दानी जम्मा ६३ करोड रुपैयाँमात्रै थियो ।
पछिल्लो समय युलेन्सले शुल्क बढाएको छ । यसले आगामी दिनमा आम्दानीमा सुधार हुने देखिएको छ । एक वर्षको अवधिमा स्कुलको ऋण ४६ करोड ९० लाखबाट बढेर ६४ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत वर्ष स्कुलले जग्गा र भ्यान किनेका कारण ऋण बढेको हो ।
युलेन्समा १२०० विद्यार्थी अध्यनरत छन् भने ३०० कर्मचारी छन् । १५० फेकल्टी सञ्चालन गर्ने यो स्कुल ४० हजार स्वायरफिटमा सञ्चालित छ । यो स्कुलको लाइब्रेरीमा २० हजारभन्दा बढी किताबहरु छन् ।
नेपालमा सञ्चालित महंगा स्कुलहरुको सूचिमा अग्र स्थानमा रहेको युलेन्स । ललितपुरको खुमलटारमा छ । यो स्कुलको पाठ्यक्रम र सिद्दान्त बैंक स्ट्रिटस डेभ्लपमेन्ट इन्टरयाक्टिभ अप्रोच एन्ड डेभ्लोपिङ क्यापेवल पर्सनमा आधारित छ । यहाँका कर्मचारीले अमेरिकाको न्यू योर्कमा रहेको बैंक स्ट्रिट स्कुल अफ एजुकेशनबाट तालिमप्राप्त छन् । बाँकी कर्मचारी विश्वका हरेक क्षेत्रबाट छन् । यो स्कुल नेपालमा पहिलो आईबी स्कुल हो ।
यो आधिकारिकरुपमा स्विजरल्यान्डस्थित इन्टरनेशनल ब्याक्कालउरेट अर्गनाजेसन आईबी डिप्लोमा कार्यक्रममा आधारित छ । युलेन्सले स्कुलका साथै टेन प्लस टू पनि चलाउँछ ।
SHARE YOUR THOUGHTS