![](https://internal.appharu.com/wp-content/uploads/2024/09/thai-air-768x403.png)
काठमाडौं । लगातारको वर्षाले आज विमान उडान र अवतरण प्रभावित बन्यो ।
जसका कारण कयौं आन्तरिक उडानहरु अवरुद्ध भए भने अन्तर्राष्ट्रिय उडान पनि प्रभावित बन्यो ।
खराब मौसमका कारण थाइ एयरवेजको जहाज लामो समय अवतरण हुन नसकेर आकाशमा फन्का लगाएर बस्न बाध्य भयो । त्यस्तै इन्डिगो एयरको विमानले पनि लामो समय आकाशमा फन्को लगाएको थियो ।
थाइ एयरवेजको विमान झण्डै दुई घण्टा आकाशमै ‘होल्ड’ हुन पुग्यो । झण्डै दुई घण्टा निजगढमाथिको आकाशमा फन्का मारेर २ बजेर २० मिनेटमा उक्त विमान अवतरण भएको हो ।
एक पटक अवतरणको प्रयास गरेको उक्त विमानले ‘मिस एप्रोच’ भएर पाइलटले विमानलाई ‘ओभरसुट’ गरेका थिए ।
SHARE YOUR THOUGHTS