
काठमाडौं । काभ्रेको पनौती नगरपालिका वडा नं ११ थुम्कीमा पहिरोले एउटा परिवारका सबै ५ जना सदस्यहरु सम्पर्कविहीन छन् ।
थुम्कीमा शनिबार बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवारका सबै जना बेपत्ता भएका हुन् । पहिरोले ३ वटा घरमा पूर्ण रुपमा क्षति पुर्याएको छ ।
छिमेकी २ वटा घरका परिवार भने भागेर सुरक्षित ठाउँमा गएका छन्। तर भण्डारीको परिवार भने भाग्न नसकेर पहिरोमै पुरिएको स्थानीयहरुले बताएका छन् ।
वर्षा र पहिरो नोकिएकाले भण्डारीको परिवारलाई उद्धार गर्न पनि नसकिएको स्थानीयहरुले बताए । यद्यपि बिहानैदेखि प्रहरी र सथानीयहरु उद्धारमा खटिएका छन् । शुक्रबारदेखि देशभर भारी वर्षा हुँदा विभिन्न स्थानमा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको छ ।
यसैबीच काभ्रेको तेमाल गाउँपालिका ७ मा पहिरोले घर भत्काउँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पुरिँदा उनकी पत्नी ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
SHARE YOUR THOUGHTS