कोशी ब्यारेजका ५० ढोका खोलियो, बिहारका ८ जिल्लामा बाढीको उच्च सतर्कता « Eglish Khabarhub

कोशी ब्यारेजका ५० ढोका खोलियो, बिहारका ८ जिल्लामा बाढीको उच्च सतर्कता



काठमाडौं । भारी वर्षासँगै सप्तकोशी नदीमा उच्च बहाव हुँदा सप्तकोशी ब्यारेजका ५० वटा ढोका खोलिएको छ ।

ब्यारेजमा रहेका ५६ ढोकामध्ये उच्च सतर्कताबीच ५० ढोका खोलिएको हो । शनिबार बिहानसम्म सप्तकोशीमा ४ लाख १९ हजार क्युसेक पानी रहेको बताइएको छ ।

यसअघि गत असारको अन्तिम साता ३ लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको थियो ।

यसैबीच छिमेकी भारतको बिहारका ८ जिल्लाहरुमा कोशीको बाढीले ठूलो हानी पुर्‍याउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ ।

भारत सरकारको जलसंशाधन विभागले कोशोमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने भन्दै बिहारका प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन पत्राचार गरेको छ ।

कोशीको बाढीले भारतका सुपौल, सहरसा, मधेपुरा, मधुवनी, दरभंगा, भागलपुर, खगडिया र कटिहार जिल्ला प्रभावित हुने गर्छन् ।

हाल जल संशाधन विभागले ती जिल्लाहरुमा पत्राचार गरेको छ । ब्यारेजमा पानीको बहाव अझै बढेर ६ लाख ८१ हजार क्युसेक पानीको बहाव हुनसक्ने बताइएको छ ।

Publish on: