![](https://internal.appharu.com/wp-content/uploads/2024/02/tia-airport-kathmandu11-768x403.jpg)
काठमाडौं । अविरलको वर्षासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण प्रभावित भएको छ ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विमान बाहिरिने र भिनत्रे क्रम ठप्प रहेको हो । तय भएको सबै उडान ढिला हुँदै रद्द भएको विमानस्थलले जनाएको छ ।
यसअघि खराब मौसमका कारण हिजो दिनभर विमानको उडान र अवतरण प्रभावित भएको थियो भने
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई गन्तव्यको मौसममा नखुलेको र इनरुट मौसमसमेत बिग्रिएकोले शुक्रबार साँझदेखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडान बन्द गरेको थियो ।
SHARE YOUR THOUGHTS