
काठमाडौं । काठमाडौंको तीलगंगास्थित बागमती खोलाको पुलमा एउटा शव भेटिएको छ । काठमाडौं महानगरपालिका वडा नं ८ मा पर्ने यस क्षेत्र शनिबार साँझसम्म बाढीले जलमग्न भएको थियो ।
आइतबार बिहान सशस्त्र प्रहरी बलको टोलीले उक्त शव निकालेको हो । सशस्त्र प्रहरी बलका अनुसार तीलगंगाको किरियापुत्री घरको पछाडि पुलमा अड्किएको अवस्थामा शव निकालिएको हो । यद्यपि शवको पहिचान भइसकेको छैन ।
तीन दिनदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी दर्जनौं मानिसहरु बेपत्ता भएका छन् ।
SHARE YOUR THOUGHTS