
काठमाडौं । उर्जा मन्त्री दीपक खड्काले १ हजार १ सय मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको जनाएका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले तीन दिनको लगातारको वर्षापछिको बाढी र पहिरोका कारण ११०० मेगावाटका जलविद्युत आयोजनाको उत्पादन बन्द भएको बताए ।
जलविद्युत र प्रसारणलाइनमा २ अर्ब ४५ करोडको क्षति भएको मन्त्री खड्काको भनाइ छ ।
त्यस्तै सिन्चाईमा १ अर्ब ३५ करोड क्षति भएको बताए ।
बाढी र पहिरोले निजी क्षेत्रका २० वटा जलविद्युत आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले जनाएको छ ।
SHARE YOUR THOUGHTS