२८ मंसिर २०८२, शनिबार

वायुसेवा निगमको उडान समय सार्दा ६ दिनसम्म शुल्क नलाग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौैं । वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका यात्रुले ६ दिनभित्र उडान समय परिवर्तन गर्दा शुल्क नलाग्ने भएको छ ।

निगमको टिकट लिएर काठमाडौंबाट गत शुक्रबारदेखि आगामी बुधबारसम्म अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएका तर हालको अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरु छुट्न गएका यात्रुहरुले उडान समय परिवर्त गर्न शुल्क नलाल्ने निर्णय निगमले गरेको छ ।

गत शुक्रबारदेखि आगामी बुधबारसम्मकाे लागि टिकट लिएर उडान गर्न नसकेको यात्रुले असोज २५ सम्म निगमको उडानबाट यात्रा गर्न चाहेमा कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको निगमले जानकारी दिएको छ ।