२६ मंसिर २०८२, बिहिबार

सेयर बजारका विषयमा स्थायी नीति लिनुपर्छ, अर्थमन्त्री नेप्से धाएर हुँदैनः सांसद ढकाल (अन्तर्वार्ता)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मौद्रिक नीतिपछि सेयर बजारमा आएको सुधार क्षणभरमा नै घटेको छ । मौद्रिक नीतिले बजारमा केही कन्फिडेन्ट ल्याएको भए पनि त्यो स्थायी हुन नसकेको सांसद हरि ढकालको बुझाइ छ । ‘अहिलेको बजारको गतिलाई बुल होइन, करेक्सन मात्रै भन्न सकिन्छ’ सांसद ढकालले भने ।

करेक्सनको समयमा सुझबुझ रुपमा लगानी गर्न उनको सुझाव छ ।

संसद ढकालले आफू प्रतिनिधि सभामा विजयी भएपछि धेरैले सेयर बजारका मुद्दा उठाएन भन्ने गुनासो गर्ने गरेको बताए । तर, त्यो गुनासोमा उनी सहमत छैनन् ।

‘मैले सेयर बजारका धेरै विषयमा संसदमा पनि बोल्ने गरेको छु’ उनले भने ‘संसदमा बोल्नुका साथै मैले सेयर बजारमा विषयमा अर्थमन्त्रीलाई भेटेर पनि ७ बुँदे माग पत्र पेश गरेको छु ।’

सेयर बजारका विषयमा अर्थमन्त्रालयले स्थायी नीति नलिएको उनको बुझाइ छ । अहिले अर्थमन्त्रालयले स्थायी नीति लिनु पर्ने ढकालको सुझाव छ ।

नियामक निकाय धितोपत्र बोर्डमा विगत ९ महिनादेखि अध्यक्ष खालि रहेको भन्दै उनले यस्तो बजारमा स्थायित्व कसरी हुनसक्छ ? भन्दै प्रश्न गरे ।

सरकारले नियामक निकायमा नेतृत्व दिने, बजार मैत्री नीति बनाउने हो भने त्यसले अर्थतन्त्र चलायमान हुने ढकालको विश्वास छ । ३० अर्बको कारोबार भइसकेको बजारमा ९ महिनादेखि अध्यक्ष नहुनु निकै लज्जाको विषय भएको ढकाल बताउँछन् ।

अर्थ मन्त्रालयको नेतृत्वले अब ‘म आए बजार बढ्छ’ भन्ने मनोविज्ञानबाट टाढा रहनु पर्ने सांसद ढकालको भनाइ छ ।

अहिले पनि नेपाल राष्ट्र बैंकले रिक्स वेटेजलाई १२५ प्रतिशतमा अड्काउनु, राज्यले पुँजी बजारमा गैरआवासीय नेपाली भित्र्याउने चर्चा मात्रै हुनु गलत भएको उनको बुझाइ छ ।

बजारमा रहेको एउटा स्टक डिलरले अहिले के गरिरहेको छ ? भन्ने प्रश्न रहेको उनी बताउँछन् । सेयर बजारमा बुक बिल्डिङ विधिबाट विभिन्न कम्पनीको प्रवेश भएको छ । सेयर निष्कासन भनेपछि जस्ता कम्पनीलाई पनि ल्याउने प्रचलन गलत रहेको उनी बताउँछन्

‘कम्पनी जसको, बिडर पनि उनीहरुकै देखिन्छ’ उनले भने ‘सेयर निष्कासन भनेपछि जस्ता कम्पनीलाई पनि ल्याउने प्रचलन छ, यो गलत हो ।’

आफू मन्त्री हुनासाथ बढेको बजार घटेपछि अर्थमन्त्री विष्णु पौडेल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पुगे । नीतिगत सुधारलाई थाती राखेर, सेबोन अध्यक्ष नियुक्त गर्नुको सट्टा बजार किन घट्यो भन्दै मन्त्री नै नेप्से पुग्नु कत्तिको जायज हो ? धितोपत्र सम्बन्धी ऐनमा कस्तो संशोधन हुनुपर्छ ? यी र यस्तै विषयमा सांसद हरि ढकालसँग क्लिकमान्डुका लागि सोभित थपलियाले गरेको कुराकानीः