
काठमाडौं । निकै उतार चढाबकाबिच सेयर बजार हरियो भएको छ । बजार हरियो हुँदा नेप्से परिसूचकले लगानीकर्ताको २५ सय को मनोविज्ञान पार गरेको छ ।
कारोबारको सुरुदेखि नै बजारमा निकै उतार चढाब रहेको थियो । अन्तिम ५ मिनेटमा बजार ८ अंकले बढ्दा परिसूचक २५०८.९६ बिन्दु कायम भएको छ । सोमबार बजार ४४.४५ अंकले बढेको छ ।
कारोबारमा सबै समूहको उपसूचक हरियो भएको छ । बैंकिङ समूहको १६.८९, विकास बैंक ९४.३७, वित्त ११३.७५, होटल १९५.९९, जलविद्युत ३६.२४, जीवन बिमा २१७.२०, माइक्रोफाइनान्स ८६.०६, निर्जीबन बिमा ९०.१२, ट्रेडिङ समूहको उपसूचक ५१.६७ अंकले बढेको छ ।
कारोबारमा २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको घटेको छ । ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता सेयर ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सीईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

SHARE YOUR THOUGHTS