फरवार्डले घोषणा गर्‍यो १३.३ प्रतिशत बोनस सेयर, कर लघुवित्तले नै तिरिदिने « Eglish Khabarhub

फरवार्डले घोषणा गर्‍यो १३.३ प्रतिशत बोनस सेयर, कर लघुवित्तले नै तिरिदिने



काठमाडौं । फरवार्ड लघुवित्तले लाभांश घोषणा गरेको छ । असोज १५ गते बसेको लघुवित्तको सञ्चालक समिति वैठकले १३.३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आव २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांशमध्ये ०.७ कर प्रयोजनका लागि हो ।

लघुवित्तको चुक्तापुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार ७ सय ३३ रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाको अनुमोदनपछि सेयरधनीलाई वितरण हुनेछ ।

Publish on: