बुध्द एयरले झापाको भद्रपुरका लागि थप्यो नयाँ दुई फ्लाइट, काठमाडौं फर्कने टिकट ५ हजारमा « Eglish Khabarhub

बुध्द एयरले झापाको भद्रपुरका लागि थप्यो नयाँ दुई फ्लाइट, काठमाडौं फर्कने टिकट ५ हजारमा



काठमाडौं । बुध्द एयरले झापाको भद्रपुरका लागि नयाँ २ वटा फ्लाइट थपेको छ । चाडबाडको मुखैमा बाढीका कारण सडक अवरुद्व भएको अवस्थामा यात्रुको चापलाई मध्यनजर गर्दै फ्लाइट थपिएको बुध्द एयरले जनाएको छ ।

थप गरेकाे उडानसँगै बुध्दले भद्रपुरबाट काठमाडाैंका लागि ५ हजारमै टिकट उपलब्ध गराउने बुध्द एयरका जनसम्पर्क अधिकृत दिपेन्द्र कर्णले जानकारी दिए । बुध्द एयर देशकै सबैभन्दा बढी यात्रु बोक्ने एयरलाइन्स कम्पनी हो ।

Publish on: