एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेञ्ज अफर « Eglish Khabarhub

एक्साइड ब्याट्रीको चाडपर्व विशेष एक्सचेञ्ज अफर



काठमाडौं । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले चाडपर्व विशेष एक्साइड मेघा फेस्टिभ अफर कार्यक्रम सार्वजनिक गरेको छ ।

अफरअन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्री साट्दा ३०५ देखि ५०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

यसैगरी, १२० जना भाग्यशाली ग्राहकलाई लक्की ड्रमार्फत क्यास ब्याक प्रदान गरिने कम्पनीले जनाएको छ । लक्की ड्रमार्फत क्यास ब्याक प्राप्त गर्नका लागि आफूले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टीमार्फत सिप्रदी स्टार्स एपमा दर्ता गराएको हुनुपर्नेछ ।

देशकै नम्बर एक ब्याट्री ब्राण्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।

Publish on: