चिकित्सा शिक्षा आयोगमा सुधार नभए फेरि अनसन बस्ने डा. केसीको चेतावनी « Eglish Khabarhub

चिकित्सा शिक्षा आयोगमा सुधार नभए फेरि अनसन बस्ने डा. केसीको चेतावनी



काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा कर्मचारी भर्नाको विषयमा अनियमितता भइरहेको भन्दै यसलाई सुधार नगरे आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले वर्तमान कार्यकारी उपाध्यक्ष र पदाधिकारीले ऐनविपरीत कर्मचारी सरुवा गरी भ्रष्ट कर्मचारीलाई लैजाने प्रक्रिया गरेको आरोप लगाए ।

डा. केसीले विज्ञप्तिमा भनेका छन्, ‘आयोगमा आठ महिनाभन्दा बढी समयसम्म निर्देशकहरू नियुक्त नहुँदा पनि कुनै पहल नगरेका आयोगका उपाध्यक्षले विचौलियासँगको मिलोमतोमा ८० प्रतिशत उपसचिव लगायत १० जना कर्मचारीलाई एकैपटक सरुवा गराई आयोगको संस्थागत स्मृतिलाई नामेट गर्ने प्रयत्न गर्दैछन् ।’

तर आयोगले आफ्नै कर्मचारी भर्ना प्रक्रिया सकेसम्म चाँडो नगरे सत्याग्रह सुरु गर्ने पनि उनले चेतावनी दिएका छन् । यस्तै आयोग शिक्षा मन्त्रालयको एउटा शाखाको रुपमा परिणत भएको भन्दै यसलाई सुधारका लागि उनले सत्याग्रह गर्ने चेतावनी दिएका हुन् ।

डा. केसीले यसअघि पनि स्वास्थ्य शिक्षामा सुधार गर्नुपर्ने भन्दै पटक पटक आमरण अनसन बस्दै आएका छन् ।

Publish on: