यी हुन् प्रभु महालक्ष्मी लाइफका १५ ठूला सेयरधनी, २ व्यक्ति बाहिरिए « Eglish Khabarhub

यी हुन् प्रभु महालक्ष्मी लाइफका १५ ठूला सेयरधनी, २ व्यक्ति बाहिरिए



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ठूला सेयरधनीमा १५ व्यक्ति तथा कम्पनी छन् । २ सञ्चालक भने बाहिरिएका छन् ।

इन्स्योरेन्समा इन्स्योरेन्सको सबैभन्दा बढी सेयर स्वामित्व सम्झना अर्यालको रहेको छ । इन्स्योरेन्समा अर्यालयको ३० लाख कित्ता अर्थात १४.२९ प्रतिशत रहेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३० लाख अर्थात १४.२९ प्रतिशत, ज्योति विकास बैंकको २८ लाख ७३ हजार ८५० कित्ता अर्थात १३.६९ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको १२ लाख कित्ता अर्थात ५.७१ प्रतिशत, एनएमबि बैंकको ७ लाख ५० हजार कित्ता अर्थात ३.५७ प्रतिशत, महालक्ष्मी विकास बैंकको ७ लाख १२ हजार ५०० कित्ता अर्थात ३.३९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

शिशु अर्यालको ६ लाख कित्ता अर्थात २.८६ प्रतिशत, राजन प्रसाद सुवेदीको ५ लाख ३० हजार कित्ता अर्थात २.५२ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ५ लाख कित्ता अर्थात २.३८ प्रतिशत, मोहन लाल अग्रवालको ४ लाख कित्ता अर्थात १.९० प्रतिशत, उमेश कुमार अग्रवालको ३ लाख कित्ता अर्थात १.४३ प्रतिशत, कृष्ण प्रसाद शर्माको ३ लाख कित्ता अर्थात १.४३ प्रतिशत, पृथ्विराज भण्डारीको ३ लाख कित्ता अर्थात १.४३ प्रतिशत, मनोरञ्जन रमन शर्माको ३ लाख कित्ता अर्थात १.४३ प्रतिशत र विक्रम कुमार तोदीको २ लाख १० हजार कित्ता अर्थात १ प्रतिशत सेयर स्वामित्व रहेको छ । इन्स्योरेन्सका ठूला सेयरधनी ग्रिष्मराज भण्डारी र मनोज कुमार बाहिरिएका छन् ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भएर २०८० असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका छन् ।

Publish on: