मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक ३ दिन बन्द


मकवानपुर । कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।

इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताए ।

दुबै सडकको वैकल्पिक मार्ग हेटौँडा-भैँसे-पालुङ-काठमाडौँ र कान्तिलोकपथ-हेटौँडा-ठिङ्गन-काठमाडौँ प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।