![](https://internal.appharu.com/wp-content/uploads/2024/10/windowsapp-768x441.jpg)
काठमाडौं । एआई कम्पनी ओपनएआईले आफ्नो एआई ‘च्याटजीपीटी’ को विन्डोज एप प्रशिक्षणात्मक रुपमा ल्याएको छ ।
कम्पनीले शशुल्क च्याटजीपीटीको प्रयोग गरिरहेका प्रयोगकर्ताहरुका लागि विन्डोज एप ल्याएको हो । उक्त एपको प्रारम्भिक भर्जन विन्डोजको माइक्रोसफ्ट स्टोरमा रहेको छ ।
एप्पलका उपकरणहरुका लागि यसअघि नै एप ल्याईसकेको ओपनएआईले विन्डोजमा भने च्याट जिपिटीमा केही परिवर्तनका साथ प्रस्तुत गरेको छ । जसमा च्याटजीपीटीको प्रयोग बेग्लै विन्डो खोलेर अन्य एपका साथ प्रयोग गर्न सकिने किसिमको छ ।
यसका साथै च्याटजीपीटीको विन्डोज एपमा फोटो र फाईलहरु पनि अपलोड गर्न मिल्ने सुविधा छ । यद्यपी एडभान्स भ्वाईस मोडजस्ता परिस्कृत विशेषताहरु भने एपमा अहिले उपलब्ध छैनन ।
SHARE YOUR THOUGHTS