![](https://internal.appharu.com/wp-content/uploads/2024/05/rabi-lamichhane-3-768x403.png)
काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर सडक मार्ग हुँदै पोखरा लैजाने भएको छ ।
लामिछानेले अबको आधा घन्टा पनि पार्टी कार्यालयबाट नेता कार्यकर्ता तथा शुभ चिन्तकलाई सम्बोधन गर्ने र त्यसपछि पोखरा जाने रास्वपाका सह प्रवक्ता मनिष झाले बताए ।
झाका अनुसार रविको साथका रास्वपाका केही नेताहरु पनि पोखरा जाने भएका छन् । लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली अहिले रास्वपाको पार्टी कार्यालयमा तैनाथ छ ।
SHARE YOUR THOUGHTS