![](https://internal.appharu.com/wp-content/uploads/2019/07/stock-market-down.jpg)
काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म कायमै रह्यो । अन्तिम एक मिनेटमा बजारमा ५ अंकको सुधार देखियो तर, समग्र बजार भनेर राताम्मे बनेको छ ।
बजार मापन गर्ने सूचक २०.४१ अंकले बढेर परिसूचक २६४५.३९ बिन्दु कायम भएको छ । ३२४ कम्पनीको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा ट्रेड बाहेक सबै समूहको उपसूचक राताम्मे भएका छन् । यो दिन ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको घटेको छ ।
यो दिनको कारोबारमा आईसीएफसी फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आईसीएफसी फाइनान्स अग्रस्थानमा रहेको छ । कम्पनीको ४३ करोड ४४ लाख ४३ हजार ६२१ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा कुमारी बैंक र साहस उर्जा रहेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/10/image-29-740x768.png)
SHARE YOUR THOUGHTS