टाटाको टियागो इभी धनतेरस एक्सचेन्ज धमाका: हरेक बुकिङमा सुनको असर्फी र आइफोन १६-प्रो « Eglish Khabarhub

टाटाको टियागो इभी धनतेरस एक्सचेन्ज धमाका: हरेक बुकिङमा सुनको असर्फी र आइफोन १६-प्रो



काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो इभी धनतेरस एक्सचेन्ज धमाका आयोजना सार्वजनिक गरेको छ ।

धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिने कम्पनीले जनाएको हो ।

यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कात्तिक ८, ९, र १० गते टियागो इभी धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभर रहेका शोरुमहरुमा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ।

यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभीको हरेक बुकिङमा सुनको असर्फी वा आइ फोन १६ प्रो प्राप्त गर्न सक्नेछन् । उल्लेखित अफरहरु धनतेरस एक्सचेङ धमाकाको ३ दिनका लागि मात्र लागु हुनेछ।

टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो । टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ ।

Publish on: