
काठमाडौं। नेपाल राष्ट्र बैंकले धनतेरसको दिन एक व्यक्तिलाइ एक थान सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकको टक्सार महाशाखाले सूचना जारी गर्दै आगामी मंगलबार एक दिनका लागि २.५ ग्राम तौलका सुनको असर्फी बिक्री गर्ने व्यवस्था गरेको छ । कात्तिक १३ मा सुनको असर्फी बिक्री गर्ने तयारी बैंकले गरेको छ ।
मंगलबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त असर्फी बिक्री गरिनेछ । सुनको असर्फीको मूल्य भने सोही दिनको बजार मूल्यका आधारमा निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।
यसतै १० तथा २५ ग्रामको चाँदीको सिक्का कात्तिक ११ देखि १४ सम्म सोही समय बिक्री हुनेछ। मूल्य राष्ट्र बैंकले चाँदी सिक्काको मूल्य तौल र डिजाइनअनुसार २२०० देखि ८५७५ रुपैयाँसम्म तोकेको छ।
सुन तथा चाँदीको सिक्का, मेडालियन तथा असर्फी किन्न क्युआर कोडमार्फत भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। तिहार सुरु हुनुभन्दा अघिल्लो दिनलाई धनतेरस भनिन्छ। धनतेरसका दिन धातुका सामान किन्नु शुभ मानिने धार्मिक मान्यता छ।

SHARE YOUR THOUGHTS