मोनोपोली मुद्दा सुल्झाउन अमेरिकी लगानीकर्तालाई साढे ५८ अर्ब तिर्दै अलिबाबा

मोनोपोली मुद्दा सुल्झाउन अमेरिकी लगानीकर्तालाई साढे ५८ अर्ब तिर्दै अलिबाबा


एजेन्सी । चिनियाँ कम्पनी अलिबाबाले नयाँ ट्याब खोल्दै एकाधिकारको मुद्दाको विषय समाधानका लागि लगानीकर्ताहरुलाई ४३ करोड ३५ लाख अमेरिकी डलर (५८ अर्ब ४३ करोड ७१ लाख ८७ हजार २ सय रुपैयाँ) रकम तिर्न सहमत भएको छ ।

अलिबाबाले बजार एकाधिकार (मोनोपोली) गरेको भन्दै लगानीकर्ताहरुले मुद्दा दायर गरेका थिए । सोही मुद्दाका लागि अलिबाबाले लगानीकर्ताहरुलाई रकम तिर्न सहमत भएको जनाएको हो ।

तर अलिबाबाले आफूले गलत काम नगरेको भन्दै आगामी दिनमा आउने मुद्दाको रकम र व्यवधान रोक्नका लागि सम्झौता गरेको जनाएको छ । प्रस्तावित सम्झौता अमेरिकाको म्यानहट्टनस्थित संघीय अदालतमा दायर गरिएको थियो । र यसका लागि अमेरिकी जिल्ला न्यायाधीश जर्ज डेनियलको मन्जुरी आवश्यकता हुन्छ।

२०२० मा दायर गरिएको उक्त मुद्दामा अलिबाबाले एउटा मात्रै वितरण प्लेटफर्म छनोट गर्ने अवसर प्रदान गरेको आरोप लागेको थियो । जवकि अलिबाबाले एकाधिकार विरोधी वा अनुचित प्रतिस्पर्धा कानुन उल्लंघन नगरेको दाबी गरेको छ।

पछिल्लो सम्झौता अनुसार २०१९को नोभेम्बर १३ देखि २०२० डिसेम्बर २३ सम्म अलिबाबामा लगानी गर्ने अमेरिकी लगानीकर्ताहरु लभान्वित हुने बताइएको छ । अलिबाबाको भ्रामक दाबी र त्यसले गर्दा सेयरबजारको मूल्य घट्दा बेहोर्नुपरेको घाटाको क्षतिपुर्ति उनीहरुले पाउने छन् ।

र यो प्रस्तावित सम्झौतालाई लगानीकर्ताहरुका वकिलहरुले एक असाधारण नतिजा भनेका छन् । जसले लगानीकर्ताहरुले बेहोर्नुपरेको १० अर्ब घाटालाई ठूलो मात्रामा पूर्ति गर्ने बताएका छन् ।