रवि हिरासतमा भएपछि रास्वपाका दुई उपसभापतिले पाए यस्तो जिम्मेवारी « Eglish Khabarhub

रवि हिरासतमा भएपछि रास्वपाका दुई उपसभापतिले पाए यस्तो जिम्मेवारी



काठमाडौं । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई उपसभापतिलाई थप जिम्मेवारी दिएको छ ।

शनिबारको केन्द्रीय समिति बैठकले उपसभापतिद्वय डोलप्रसाद अर्याल (डिपी)र स्वर्णिम वाग्लेलाई थप कामको जिम्मेवारी तोकेको हो ।

कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार आन्दोलन सञ्चालन गर्न उपसभापति अर्यालको नेतृत्वमा सात प्रदेश सभापतिहरू रहने आन्दोलन सञ्चालन मूल समिति गठन गरिएको छ ।

यस्तै अर्का उपसभापति वाग्लेलाई राजनीतिक नागरिक संवादको जिम्मेवारी दिइएको छ। आवश्यक उपसमितिहरू गठनको अख्तियारी पनि वाग्ले संयोजकत्वको समितिलाई दिइएको छ।

सभापति लामिछाने पक्राउपछि रास्वपाले पोखराकेन्द्रित आन्दोलन गर्दै थियो शुक्रबारबाट भने रास्वपाले काठमाडौं केन्द्रित प्रदर्शन थालेको छ ।

Publish on: