२९ मंसिर २०८२, आइतबार

अनुमति नलिइ नेपाल आएको एयर एसियाको विमानलाई अवतरण गर्न दियो, कारवाही गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । उडान अनुमति नलिइ थाइल्याण्डबाट काठमाडौं आएको थाइ एयर एसियाको जहाजलाई अवतरण गर्न दिएर कारवाही गरिने भएको छ । यो वायुसेवाले हिजो २६ अक्टोबरसम्मको मात्रै उडान अनुमति लिएका छ भने आज (२७ अक्टोबर)बाट उडान अनुमति लिएको छैन् ।

आजबाट विन्टर सिजन लागेको र यस अघि लिएको अनुमति सबै वायुसेवाको सकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले बताए । नेपाल उडान गर्ने अरु सबै वायुसेवाले विन्टर सिजनकाे अनुमति लिएरै आएका छन भने एयर एसियाले भने अनुमित नलिइ आयो ।

उनका अनुसार विन्टर सिजनमा हुने उडान अवतरणको अनुमति नलिइ यस अघिकै उडान जसरी एयर एसिया आज आइबार पनि काठमाडौं आयो । उक्त वायुसेवालाई अनुमति नै नदिएको हुँदा अवतरण गर्न दिने र फिर्ता पठाउनुपर्ने अडान महाप्रवन्धकले लिएको भएपनि नेपाल नागरिक उड्डयन प्राधिकरले नेपाली आकासमा आइसकेको र अवतरणका लागि होल्ड गरेर बसिरहेकोले अवतरण गराउने र आवश्यक कारवाही गर्ने गरी अनुमति दिएको हो ।

थाई एयर एसियाको थाइल्याण्डको बैंककबाट काठमाडौं आइरहेकै वायुसेवा हो । यसले आइतबार विहान बैंककबाट स्थानीय समय अनुसार ११ बजेर ५० मिनेटमा उडेको विमान काठमाडौं विमानस्थलमा अवतरण गर्ने अनुमति नपाउँदै आकाशै होल्ड भएको हो। थाइ एयर एसियाको उडान अवतरण अनुमति समाप्त भएपछि विमानस्थलले अवतरण गर्न नदिने र दिने विषयमा निर्णय नहुँदा यसको जहाज आधा घण्टा भन्दा बढी समय आकासमै होल्ड भएको छ ।