
काठमाडौं । लक्ष्मीपूजा तथा धन्तेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री सुरु गरेको छ ।
बैंकले काठमाडौंको बबरमहलस्थीत टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अङ्कित सिक्का बिक्री शुरु गरेको टक्सार महाशाखाका उपनिर्देशक पिताम्वर पोखरेलले जानकारी दिए ।
सुनको असर्फी भने मंगलबार एकदिनमात्रै बिक्रि गरिने उनको भनाइ छ ।
केन्द्रीय बैंकले १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालिनयन, गजलक्ष्मी र गाइ मेडालियनको दर २२ सय रुपैयाँ तथा गाइ मेडालियन २५ ग्रामको मूल्य ५५ सय रुपैयाँ तोकेको छ।

सुनको असर्फी नागरिकताका आधारमा एक व्यक्तिलाई एक थानका दरले पहिले आउनेलाई प्राथमिकता दिएर बिक्री गर्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंकले धन्तेरसलाई लक्षित गर्दै हरेक वर्ष सुन र चाँदीका सिक्का बिक्री बितरण गर्दै आएको छ ।








SHARE YOUR THOUGHTS