
तिहार सुरु भएसँगै बजारमा रौनक थपिएको छ । फूलहरुको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरु भएसँगै बजारमा फूलहरु बेच्नका लागि राखिएको छ ।
बजारमा मखमली, सयपत्री लगायतका फूलहरु बेच्नका लागि पसल पसलमा झ्न्ड्याएर राखेको देख्न सकिन्छ । तर पसलहरुमा सयपत्री र मखमली फूल मात्रै छैनन् । प्लाष्टिकका फूलहरुले पनि बजार ढाकेको छ ।
प्लाष्टिकका फूलहरु बिक्री वितरण गर्न काठमाडौं महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहले प्रतिवन्ध लगाएका छन् । तर प्लाष्टिकका फूलहरु उपत्यकाका विभिन्न पसलहरुमा देख्न सकिन्छ । जो बेच्नका लागि राखिएको छ ।
किसानहरु फूल बिक्री नभएर हैरान भइरहेका बेला स्वदेशमा उत्पादित फूलहरुको खपत बढाउनु र बजार बिस्तार गर्नुको सट्टा व्यवसायीहरु छिमेकी मुलुक भारतबाट प्लाष्टिक अन्य मखमली एवं सयपत्री फूलहरु ल्याएर बेच्ने गरेका छन् ।
रोक लगाइरहँदासमेत प्लास्टिकका मालाहरु छ्यापछ्याप्ती बेच्ने गरेको देखिन्छ । काठमाडौं उपत्यकामा व्यवसायीहरुले यसरी प्लाष्टिकका फूल र मालाहरु बेचिरहेका सम्बन्धी केही तस्बिरहरु न्युज एजेन्सी नेपाललका फोटा पत्रकारले कैद गरेका छन् ।

काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ ।
प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको हो । गत वर्ष पनि महानगरले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्न प्रबन्ध गरिएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो ।
गत वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुने महानगरले जनाएको छ । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको महानगरले जानकारी दिएको छ ।
स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्ने महानगरले जनाएको छ । यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुने महानगरले जनाएको छ ।

जानकारीका लागि काठमाडौं महानगरपालिकाको निःशुल्क नम्बर ११८० मा कल गर्न सकिने वा नगर प्रहरीको हटलाइन नम्बर ०१५९०१७६३, ९८५१३५६५०९ मा कल गरेर थप जानकारी लिन महानगरले जानकारी दिएको छ ।
यससँगै महानगरले व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउन पनि आग्रह गरेको छ । यदि कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि महानगरले जनाएको छ । महानगरले सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन अनुरोध समेत गरेको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गत वर्षको तिहारमा पनि प्लाष्टिकका फूल विक्री गर्न प्रतिबन्ध लगाउँदै फूल विक्रीका लागि निश्चित स्थान तोकिदिएका थिए । यद्यपि मेयर बालेन साहको उक्त निर्णय विवादित बनेको थियो । यस वर्षको तिहारमा पनि प्लाष्टिकका फूलहरु काठमाडौंमा आयात भइसक्दा मौन रहेको महानगरले तिहार सुरु भएपछि विक्रीमा प्रतिबन्ध लगाएको हो ।
यी ठाउँमा पाइनेछ फूलहरु
१) आरती पार्टी प्यालेस, माछा पोखरी
२) बुद्ध मल, माछा पोखरी
३) बालाजु भाटभटेनी, माछा पोखरी,
४) भ्याली कोल्ड स्टोर, बालाजु
५) सामुदायिक भवन, बालाजु
६) धर्म चक्र पार्क, स्वयम्भू
७) स्वयम्भू मार्ट
८) भाटभटेनी, कलंकी
९) कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०) एस. एन. एस., कलंकी
११) एन. बी. टी. सी., कलंकी
१२) नेपा व्याङ्क्वेट, खुशिँवु
१३) बिग मार्ट, कालधारा, पकनाजोल
१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५) काठमाडौँ मल, सुन्धारा
१६) सिभिल मल, सुन्धारा
१७) सिटिसि मल, सुन्धारा
१८) रञ्जना मल, नयाँ सडक
१९) विग मार्ट कम्प्लेक्स, अनामनगर
२०) एटि कम्प्लेक्स, न्यू प्लाजा
२१) भाटभटेनी, अनामनगर
२२) आइटी प्लाजा, कमलादी
२३) संकटा चोक, टेवहाल
२४) के. एल. टावर, चाबहिल
२५) वि एन्ड एसएम, बौद्ध
२६) भर्गो जापान, शंखमुल
२७) आइप्लेक्स, बानेश्वर
२८) एनबि सेन्टर, नयाँ बानेश्वर
२९) फोनिक्स टावर, बत्तीसपुतली
३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१) बिगमार्ट, शंखमुल
३२) बिबिएसएम, कोटेश्वर
३३) सिफल चौर, सिफल
३४) केटिएम पार्टी प्यालेस,
३५) निराकल कम्प्लेक्स, शंखमुल
३६) एसि कम्प्लेक्स, चाबहिल
३७) भाटभटेनी, कोटेश्वर
३८) भाटभटेनी, नक्साल
३९) बिग मार्ग, बालुवाटार
४०) सेल्स बेरी, महाराजगञ्ज
४१) भाटभटेनी, महाराजगञ्ज
४२) कोइराला मार्ट, सामाखुशी
४३) विग मार्ट, सामाखुशी
४४) सिटी सेन्टर, कमलपोखरी
४५) ल्होत्से मल, बालाजु
४६) सासा ब्याङकेट सोह्र खुट्टे
हेरौँ केही तस्बिरहरु ।



























SHARE YOUR THOUGHTS