![](https://internal.appharu.com/wp-content/uploads/2019/11/hotel-soaltee.jpg)
काठमाडौं । सोल्टी होटलले २६.८४ प्रतिशत लाभांश बाँड्ने भएको छ । यो होटलल १० प्रतिशत बोनस शेयरसहित उक्त लाभांश दिने घोषणासहित वार्षिक साधारणसभा बोलाएको छ ।
सोल्टी होटलले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा सहित साधारण सभाको घोषणासमेत गरेको छ ।
होटलले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २६.८४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सो लाभांश प्रस्ताव पारित गर्न होटलले पुस ४ गते, नेपाल प्रज्ञा भवन कमलादीमा विहान ११ बजे बस्ने गरी ५० औँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ।
यस अनुसार मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
SHARE YOUR THOUGHTS