थाइ एयर एसियाको निलम्बन फुकुवा, भैरहवाबाट उडान गरेपछि मात्रै काठमाडौंमा उड्न पाउने « Eglish Khabarhub

थाइ एयर एसियाको निलम्बन फुकुवा, भैरहवाबाट उडान गरेपछि मात्रै काठमाडौंमा उड्न पाउने


१५ कार्तिक २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियाको उडान अनुमति फुकुवा गरेको छ । प्राधिकरणले गत आइतबार (११ कात्तिक)देखि सुरु भएको विन्टर सिजनको लागि अनुमति नै नलिइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको थाइ एयर एसियाको उडान अनुमति निलम्बन गरेको थियो ।

आगामी आइतबार १८ कात्तिकबाट साताको २ वटा उडान भैरहवामा गर्ने शर्तमा काठमाडौं विमानस्थलमासमेत उडान गर्न पाउने गरी प्रतिवन्ध फुकुवा गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

उनकाअनुसार जुन दिनबाट भैरहवा उडान गर्छ सोही दिनबाट काठमाडौंबाट उडान गर्न पाउने शर्तमा थाइ एयर एसियालाई गत आइतबार लगाएको उडान प्रतिबन्ध फुकवा भएको छ ।

मंगलबार प्राधिकरणले गरेको निर्णय अनुसार भैरहवाको उडान गरेकै दिन काठमाडौं पनि उडान गर्न पाउँछ तर कुनै कारण देखाएर भैरहवा उडान नगरेको यो वायुसेवाले काठमाडौं विमानस्थलमा पनि उडान गर्न नपाउने कडा शर्त राखिएको उनले बताए । एयर एसियाले स्पष्टीकरण पेश गरेका कारण रोकिएको उडान फुकुवा गरिएको हो ।

प्राधिकरणले थाइ एयर एसियाको विन्टर सेड्युलसमते बुधबार मात्रै स्वीकृत गरेको छ । यस्तो सेड्युल ३ नोभेम्बरबाट ३१ मार्चसम्म लागू हुने पनि प्राधिकरणको भनाइ छ ।

यो वायुसेवाको जनरल सेल्स एजेन्ट्स (जीएसएस) कम्पनी युनिभर्सल ट्राभले गल्तीकमजोरी भएको भन्दै माफि मागेको र दोहोर्याएर यस्तो गल्ती नगर्ने बचनवद्धता समेत पेश गरेको उल्लेख छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार ००:००  ११ : २७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping