चार महिनामा १ करोड ६० लाख राजस्व संकलन « Eglish Khabarhub

चार महिनामा १ करोड ६० लाख राजस्व संकलन


१५ कार्तिक २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

सुनसरी । सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले चालु आर्थिक वर्षको चार महिनामा एक करोड ६० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण अभियानअन्तर्गत जिल्लाको विभिन्न स्थानबाट एक करोड ६० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार गत साउनमा ४७ लाख ३४ हजार चार सय ६९, भदौमा रु ६१ लाख पाँच हजार पाँच सय दुई, असोजमा रु ३२ लाख नौ हजार पाँच सय ३६ र कात्तिकको हालसम्म १९ लाख ५३ हजार ६ सय ३७ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।

सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका क्रममा विभिन्न किसिमका भन्सार छलीका सामग्री पक्राउ गरेर भन्सार कार्यालयमा बुझाउँदा सो बराबरको राजस्व सङ्कलन भएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए । उनका अनुसार सशस्त्र प्रहरी बल ४ नम्बर गण मातहत सुरक्षा पोष्ट र बिओपीबाट राजस्व सङ्कलन हो ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार ००:००  ३ : ०३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping