२७ मंसिर २०८२, शुक्रबार

बिमा पोलिसीमा बाल बिमाको हिस्सा १२.६२ प्रतिशत, कुन कम्पनीले के बेच्छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीले ४१२ वटा बिमा पोलिसी जारी गरेका छन् । ४१२ वटा पोलिसी जारी गर्दा बालबालिका लक्षित योजनाको हिस्सा भने १२.६२ प्रतिशत रहेको छ ।

१४ जीवन बिमा कम्पनीमध्ये प्रभु महालक्ष्मी बाहेक १३ वटा कम्पनीले बालबालिका लक्षित ५२ वटा योजना बिक्री गरेका छन् । जसमध्ये केही कम्पनीले ल्याएका बालबालिका बिमा योजना रोकेका छन् ।

नेपालमा बालबालिकाको बिमा गर्ने परम्परा बढ्दै गएको छ । कम्पनीहरुले पनि बालबालिका लक्षित योजनाहरु बढाउँदै लगेका छन् । धेरै आय हुने मात्रै नभएर मध्ये, तथा न्यून आय हुनेले समेत आफ्नो दैनिक खर्च कटाएर बालबालिकाको उज्वल भविश्यका लागि भन्दै बिमा गर्ने गरेका छन् ।

बालबालिकाको बिमा गर्नेहरुले सामान्यतया एसईईपछि उच्च शिक्षा अध्ययनका लागि पोलिसी किन्ने गरेका छन् ।

सामान्यतया मानिसको जीवनमा हुने अनिश्चित जोखिमविरुद्ध बिमा गरिन्छ । मानिसको जीवनमा आइपर्ने जोखिमबाट कुनै क्षति पुगेमा वा मृत्यु भएमा बीमाले सो बापत आर्थिक क्षतिपूर्ति प्रदान गर्दछ ।

जीवन बीमाको अवधि समाप्त भएपछि बीमित (बीमा गर्ने व्यक्ति) ले वा बीमा अवधि भित्र बीमितको मृत्यु भएमा हकवालाले बोनस सहित एकमुष्ठ रकम प्राप्त गर्दछ । नेपालमा बिमा तत्कालिन लाभ, स्वास्थ्यका लागि हुने लाभ भन्दा पनि बचतको योजनाका रुपमा हुने गरेको छ ।

सामान्यतया जीवन बिमा किन परिवारमा कमाउने व्यक्तिको मृत्युबाट हुने आर्थिक क्षतिलाई कम गर्न, भविष्यमा बालबच्चाको शिक्षा तथा अन्य खर्च व्यवस्थापन गर्न, बुढेसकालको लागि आर्थिक सुरक्षा प्रदान गरी परनिर्भरतामा कम गर्न, जीवनमा हुनसक्ने रोगव्याध तथा दुर्घटनाबाट सिर्जीत आर्थिक क्षति कम गर्न, कर छुटको सुविधा प्राप्त गर्न पनि बिमा गर्ने गरिन्छ ।

तर नेपालमा भने बचतको रुपमा बढी हुने गरेको छ । बिमाको रुपमा बालबालिकाको बिमा गर्न भन्दै जीवन बिमा कम्पनीहरुले विभिन्न शिर्षकमा पोलिसी बिक्री गर्दै आएका छन् । जीवन बिमा कम्पनीले एउटादेखि ७ वटासम्म पोलिसी बिक्री गर्दै आएका छन् ।

सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सको ७ वटा बाल बिमा पोलिसी रहेका छन् ।

राष्ट्रिय बिमा कम्पनीले तीन वटा, नेशनल लाइफ इन्स्योरेन्सले ५, नेपाल लाइफ इन्स्योरेन्सले ५, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६, मेट लाइफले १, एशियन लाइफ इन्स्योरेन्सले ५ वटा पोलिसी बिक्री गरेका छन् । जसमा एशियन लाइफको २ वटा पोलिसी बन्द छन् ।

यस्तै सूर्य ज्योति लाइफले ४ वटा, आइएमई लाइफले ६ वटा, सन नेपाल लाइफले १, सानिमा रिलायन्सले ४, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ३ वटा र सिटिजन्स लाइफले २ वटा पोलिसी बिक्री गरिरहेका छन्।