१ पुस २०८२, मंगलबार

सहकारी ठगहरुबाट असुल गरेर सरकारले पीडितलाई पैसा फिर्ता गराउँछ: मन्त्री यादव (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरुबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले देशमा सहकारी पीडित नागरिक धेरै भएको भन्दै सहकारीपीडितको पैसा फिर्ता गराउन सरकारको कदम अघि बढेको दाबी गरे ।

अहिले ६ सय जना भन्दा बढी सहकारी ठगलाई प्रहरी कस्टडीमा सरकारले ल्याएको उनको भनाइ छ ।

गल्ती गर्नेहरु ठूला राजनीतिक दलहरु नै भए पनि सरकारले नछोड्ने उनले बताए । सहकारी पीडितले न्यायका लागि जुलुस आन्दोलन गर्नु पर्ने अवस्था नबनोस् भन्नका लागि काम भइरहेको उनको भनाइ छ ।

सहकारी ठगबाट पैसा असुल गरेर सहकारी पीडितको पैसा सरकारले फिर्ता गराउने उनले बताए ।

सरकारले गल्ती गर्नेलाई छुट नदिने उनको भनाइ छ ।
ढोरपाटनका मेयर नेकपा एमालेबाट रहेको र एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ प्रधानमन्त्री भए पनि सहकारीको रकम अपचलन गरेको आरोपमा मेयरलाई अनुसन्धानमा ल्याइएको उनको भनाइ छ ।

साधारण सभाले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपिजेको अध्यक्षमा पुनः प्रदीपराज वन्तलाई निर्विरोध चयन गरेको छ । फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् ।

केन्द्रिय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएका छन् । विसं २०५३ मा स्थापना भएको सो समूह फोटो पत्रकारको पहिलो छाता सङ्गठन हो ।

https://www.facebook.com/clickmandu/videos/610526721403664