![](https://internal.appharu.com/wp-content/uploads/2024/07/share_Market_bull-stock-768x404.jpg)
काठमाडौं । सेयर बजारमा उछाल आएको छ ।
कारोबारको सुरुदेखि बढेको बजार अन्तिम समयसम्म कायमै रह्यो । जसले गर्दा बजार ६२.५४ अंकले बढेर परिसूचक २७३८.०६ बिन्दु कायम भएको छ ।
३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता सेयर ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनी, विकास बैंकमा बढी रहेको छ ।
कारोबारमा ६ वटा कम्पनीको सेयर मूल्य सर्किट तहमा बढेको छ भने समाज लघुवित्त, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । २२८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/11/image-2.png)
SHARE YOUR THOUGHTS