१ पुस २०८२, मंगलबार

रवि ज्युँदो रहेसम्म रास्वपा सभापति हो, कार्यवाहकको विषय गौण: डीपी अर्याल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी)अर्यालले रवि लामिछाने ज्युँदो रहेसम्म रास्वपाका सभापति रहने टिप्पणी गरेका छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई अदालतमा पेस गरेपछि पोखरामा आयोजित कार्यक्रममा अर्यालले लामिछाने हिरासतमा भए पनि बाहिर भए पनि उनै सभापति हुने बताएका हुन् ।

लामिछाने हिरासतमा रहेकाले पार्टीमा कार्यवाहक सभापति तोकिनुपर्ने आवाज उठिरहँदा उपसभापति अर्यालको यस्तो भनाइ आएको हो ।

‘यहाँहरूलाई म यही मञ्चबाट के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति ज्युँदो रहेसम्म रवि लामिछाने नै हो,’ अर्यालले भने,‘यसमा कल्ले कार्यवाहक सभापति पाउँछ, कल्ले पाउँदैन गौण कुरा हो ।’

लामिछाने जेल परे पनि रास्वपा सभापति उनै हुने अर्यालको तर्क छ । विश्वका कयौं देशमा जेल परेका नेताहरुले पार्टीको नेतृत्व गरेको उनको दलिल छ ।

‘संसारमा यस्ता इतिहास धेरै छन् जसले जेलमै बसेर पार्टी सञ्चालन गरेको । यति मात्र होइन जेलबाट निस्केको भोलिपल्ट प्रधानमन्त्री बनेका इतिहासहरू संसारभर धेरै छन् ।’

रास्वपाले रवि लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर सहकारी ठगीमा मुद्दा चलाइएको भन्दै बिरोध गर्दै आएको छ ।