उद्योगमा काटिएको बिजुली जोड्न प्राधिकरण बोर्ड बैठक बसिराख्नु पर्दैनः ऊर्जा मन्त्री « Eglish Khabarhub

उद्योगमा काटिएको बिजुली जोड्न प्राधिकरण बोर्ड बैठक बसिराख्नु पर्दैनः ऊर्जा मन्त्री



काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले काटिएका उद्योगमा विद्युत् जोड्न नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठक बस्न आवश्यक नभएको बताएका छन् ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले बोर्डभन्दा माथि मन्त्रिपरिषद् हुने भएकाले बोर्डको निर्णय कुरिराख्नु नपर्ने बताए।

यद्दपि मन्त्रिपरिषद्को निर्णय पाएको २४ घन्टाभित्र बोर्ड बैठक बस्ने जानकारी उनले गराए ।

मन्त्रिपरिषद्को निर्णयबारे प्राधिकरणलाई जानकारी पठाइसकिएकाले आजै उद्योगहरुमा बिजुली जोडिने उनको भनाइ छ ।

मन्त्री खड्काले १५ दिनभित्र विद्युत महसुल उठाउन के कति भन्ने निर्क्यौल गरेर असुल उपर गर्न प्रक्रिया थाल्न प्राधिकरणलाई पत्राचार भइसकेको उनले बताए ।

Publish on: