![](https://internal.appharu.com/wp-content/uploads/2024/06/gold_sun3-768x403.png)
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार आज सुनको मूल्य २ हजार ४ सयले घटेको हो । सोमबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार ९५५ मा कारोबार भएको चाँदी आज एक हजार ९२५ मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
SHARE YOUR THOUGHTS