![](https://internal.appharu.com/wp-content/uploads/2024/10/buddha-air-768x403.png)
काठमाडौं । काठमाडौं विमानस्थलको स्तरोन्नति तथा सीमिति उडानका बीच बुध्द एयरले भैरहवा तथा पोखराबाट अतिरिक्त उडान थालेको छ ।
सातामा पोखराबाट नेपालगञ्जको तीन उडान हुने गरेकोमा बुध्द एयरले अब दैनिक थालेको छ । त्यसैगरि भैरहवाबाट पोखराको लागि दैनिक १ अतिरिक्त उडान थप गरेको छ ।
बुध्द एयरले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको बिहान, दिउँसोको दाँजोमा भाडादर घटाएको छ । पोखराको लागि ५००, भद्रपुर तथा नेपालगञ्जका लागि १००० तथा जनकपुरधामका लागि ८०० रुपैयाँ भाडादर घटाएको छ ।
भैरहवामा अन्तर्राष्ट्रिय एयरलाइन्सहरुको उडानले त्यस भेगमा थप आर्थिक चलायमान हुने तथा पर्यटनलाई पनि टेवा पुग्ने बुध्द एयरको विश्वास छ ।
यसैगरि काठमाडौं वा पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुध्द एयरले हरेक फेयरमा २५ केजी लगेज पनि छुट दिएको छ ।
SHARE YOUR THOUGHTS