२८ मंसिर २०८२, शनिबार

नेसनल लाइफको इम्प्लोइ स्किल इनह्यान्समेन्ट वर्कसप सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘एक्सेल एन्ड इलिभेट’ भन्ने नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ३ दिने ‘इम्प्लोइ स्किल इनह्यान्समेन्ट वर्कसप’ भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

विभागिय प्रमुख तथा देशैभरिबाट प्रशासनिक कर्मचारी गरी २५० जना भन्दा बढीको सहभागिता भएको उक्त सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष सिंहले कम्पनीमा कार्यरत सबै तहका कर्मचारी कम्पनीको ब्रान्ड एम्बेसडर भएको हुँदा कम्पनीलाई अग्रस्थानमा पु¥याउन आ–आफ्नो क्षेत्रबाट सबैजनाले जिम्मेवारी बहन गर्नुपर्ने बताइन् । उनले देशै भरीबाट कम्पनीको दैनिक कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका ७ जना प्रशासनिक कर्मचारीहरु अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रविण कुमार शर्मा, दमौली शाखाबाट मिलन थापा मगर केन्द्रिय कार्यालयकी दिक्षा पनेरु राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जन लाई सम्मान तथा पुरस्कृत गरिन् ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिवद्धत्ता जनाए ।

कार्यक्रममा कर्मचारीहरुको दक्षता जाँच गर्नका लागि सहभागि प्रशासनिक कर्मचारीहरुको परीक्षा संचालन गरिएको थियो । सो परिक्षा बाट प्रथम द्धित्तिय र तृत्तिय हुन सफल क्रमशः बुटवल शाखाबाट प्रविण कुमार शर्मा, काठमाण्डौ शाखाबाट चक्र प्रसाद जोशी र केन्दिय कार्यालयबाट दिपक मरासिनीलाई प्रमुख कार्यकारी अधिकृतले नगद पुरस्कार सहित सम्मान गरे ।