दार्चुला जीप दुर्घटनाः ८ जनाको मृत्यु, ५ घाइते « Eglish Khabarhub

दार्चुला जीप दुर्घटनाः ८ जनाको मृत्यु, ५ घाइते



दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । अन्य पाँच जना घाइते भएका छन् ।

दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहराको मृत्यु भएको हो ।

यसैगरी भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर, सोही स्थानका १८ वर्षीय मोहमद बसिम, दार्चुलाको शैल्यशिखर–९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका–५ का वीरेन्द्रसिंह बोहराको पनि मृत्यु भएको हो ।

दुर्घटनामा भारतको उत्तर प्रदेश विजनौरका सुहिल साह, बैतडी डिलासैनी–५ का उत्तम रोकाया, शैल्यशिखर–५ का सन्दीप रावल सोही स्थानका प्रकाश रावल र मालिकार्जुन गाउँपालिका–८ निवासी जीप चालक सुनिल जोशी घाइते भएका छन् ।

Publish on: