सर्वोच्चको फैसलापछि वर्ल्डलिंकले बुझायो २ अर्ब १५ करोड, इजातपत्र नवीकरण अघि बढ्ने « Eglish Khabarhub

सर्वोच्चको फैसलापछि वर्ल्डलिंकले बुझायो २ अर्ब १५ करोड, इजातपत्र नवीकरण अघि बढ्ने


३० कार्तिक २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसनले नेपाल दूरसञ्चार प्राधिकरणलाई रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)वापतको २ अर्ब १५ करोड १४ लाख ७ हजार ५५२ रुपैयाँ बुझाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलकाअनुसार वर्ल्डलिंकले प्राधिरकणलाई बुझाउनुपर्ने बक्यौता वापत १ अर्ब ३८ करोड ९० लाख रोयल्टी र ७६ करोड २३ लाख ९५ हजार रुपैयाँ आरटीडीएफ वापतको पैसा बुझाएको हो ।

वर्ल्डलिंकले एकमुष्ट रुपमा शुक्रबार यो शुल्क बुझाएपछि अब प्राधिकरणबाट आवश्यक निर्णय गरेर कम्पनीको इजाजतपत्र नवीकरणसहितको काम हुने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

वर्ल्डलिंकले रोयल्टी र आरटीडीएफको रकम नबुझाएको र बुझाउन नपर्ने तर्क गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट गत वैशाख ३० मा खारेज भएको थियो । उक्त मुद्दाको यही कात्तिक १३ गते मंगलबार राजस्व र आरटीडीएफको रकम तिर्नु पर्नेसहिको सर्वोच्च अदालतको पूर्णपाठ सार्वजनिक भएको थियो ।

सर्वोच्चको फैसलापछि वर्ल्डलिंकले राजस्व र आरटीडीएफ वापतको रकम बुझाएको हो । यो रकम बुझाएपछि हाल २५ वर्षे दूरसञ्चार सेवाको इजाजतपत्रको अवधि सकिएर गत वैशाखदेखि नै लाइसेन्सविहीन भएको वर्ल्डलिंकको इजाजतपत्र नवीकरणको प्रक्रिया अघि बढ्ने भएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार ००:००  २ : २९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping