![](https://internal.appharu.com/wp-content/uploads/2024/11/bus-Durghatna.jpg)
सुर्खेत । रुकुम पश्चिममा यात्रुवाहक बस दुर्घटना हुँदा शनिबार ९ जना घाइते भएका छन् ।
काठमाडौंबाट रुकुमपश्चिम आठविसकोट नगरपालिकाको राडीतर्फ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार आठविसकोटको रिठा नजिकै दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार दुर्घटनामा परी ९ जना घाइते भएका छन। बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारको लागि नगर अस्पताल राडी लगिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
SHARE YOUR THOUGHTS