२९ मंसिर २०८२, आइतबार

लिफ्ट बिग्रिएपछि धरहरा बन्द, पैसा तिरेर चढ्ने बनाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । केही साताअघि सञ्चालनमा आएको धरहरा बन्द भएको छ। धरहराको लिफ्ट बिग्रिएपछि बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।

 धरहरा संविधान दिवसको अवसर पारी सर्वसाधारणको लागि खुला गरिएको थ‍ियो ।

विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरका अनुसार केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो । धरहरामा निःशुल्क चढ्ने व्यवस्था भएपछि लिफ्ट बिग्रेको उनी बताउँछन् ।

सरकारले अब शुल्क तोकेर मात्र धरहरा सञ्चालन गर्ने तयारी गरेको छ।

विसं १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले बनाएको ९ तले धरहरा २०७२ सालको भूकम्पले भत्किएपछि सरकारले पुनर्निर्माण गरेको हो ।