
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले आन्दोलन गरिरहेको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रास्वपाले मंसिर ८ गतेदेखि देस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।
रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘राजनीति प्रतिशोधले सभापति रवि लामिछानेलाई हिरासतमा राखिएको छ । बाहिरै राखेर अनुसन्धान गर्न माग गर्दै दबाबस्वरुप दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छौँ ।’
सहकारीको रकम ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा रवि लामिछानेमाथि अनुसन्धान जारी छ । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उनलाई कास्कीबाट भैरहवा लगिएको थियो । भैरहवामा सहकारीको बचत अपचलन आरोपमा बयान लिएपछि उनलाई पुन पोखरा लगिएको छ ।
SHARE YOUR THOUGHTS